चितवनका व्यवसायीलाई करसम्बन्धी सचेतना दिन अन्तरक्रिया भएको छ ।
उद्योगी व्यवसायीलाई कर तथा राजश्वसम्बन्धी सचेत बनाउने उद्देश्यले उद्योग वाणिज्य संघ चितवनको आयोजनामा आज अन्तरक्रिया भएको हो ।
कार्यक्रममा आन्तरिक राजश्व कार्यालयका कर अधिकृत शिवप्रसाद ढुङ्गानाले कर तथा राजश्वका नीतिको बारेमा जानकारी गराउँदै कर इन्ट्री गर्दा हुने त्रुटिहरुले व्यवसायी समस्यामा परेको बताए । कार्यक्रममा सहभागीले व्यवसायीले तिरेको कर कहाँ जान्छ र तिरेको करले व्यवसायीलाई के फाइदा हुन्छ प्रतिफल कहिले आउँछ र व्यवसाय सधै सफल हुन्छ भन्ने छैन भन्दै बिग्रेमा हामी कसरी बाच्ने भन्दै तिरेको कर भविष्यमा फिर्ता हुनुपर्ने माग राखे ।
कार्यक्रममा कर अधिकृत ढुङ्गाना र राजनकुमार रेग्मीले व्यवसायीका गुनासाहरु सम्बोधन गर्दै कर फिर्ताको विषयमा माथिल्लो निकायमा कुरा पु¥याउने बताए । कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै उद्योग वाणिज्य संघ–चितवनका प्रथम उपाध्यक्ष राजेन्द्र ओलीले करदाता र कर कार्यालयबीचको सम्बन्ध प्रगाढ भएमा कर उठाउन सहज हुने बताए ।
कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका निवर्तमान अध्यक्ष चुननारायण श्रेष्ठ, उपाध्यक्षत्रय राजेन्द्र ओली, अशोक अधिकारी, नारायण प्रधान, संघका कार्यसमिति सदस्यहरु विभिन्न वस्तुगत संघका अध्यक्ष एवम् प्रतिनिधिलगायत उद्योगी व्यवसायी गरी करिब १०० जनाको कार्यक्रममा सहभागिता रहेको थियो । उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले सञ्चालन गरेका छन् ।




















Discussion about this post