भरतपुर- गौरीगञ्ज दूग्ध उत्पादक सहकारीले नयाँ बिक्री शाखा सुरु गरेको छ । आज आईतवार बिहान भरतपुर ९ पारस बसपार्कमा चितवन दूग्ध उत्पादक सहकारी संघका जिल्ला अध्यक्ष किशोर बगालेले शाखाको शुभारम्भ गरेका हुन् ।
शुभारम्भ पछि बोल्दै चितवन जिल्ला दूग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले किसानको उत्पादनमा सहकारीले साथ दिएको बताए । उनले उपभोक्ताको सहजताका लागी गुणस्तरीय दूग्धजन्य बस्तु बिक्रीवितरण गर्न आग्रह गरे । किसानको उत्पादन उपभोक्ता समक्ष सहकारीहरु इमान्दारीताको साथ लागेको बताँउदै चितवनमा गौरीगञ्ज दूग्ध उत्पादक सहकारी संस्थाले इमानको केही हिस्सा ओगटेको बताए ।
भरतपुर ८ कृष्णपुर चोकमा मुख्य कार्यालय रहेको सहकारीमा दैनिक तीन हजार पाँच सय लिटर दुध संकलन हुने गरेको छ । भरतपुर ५ नारायणपुर चोकमा गौरीजञ्ज श्रोत केन्द्र सञ्चालन गरी ५० वटा गाई पालन पनि गरेको सहकारीका अध्यक्ष रामकुमार श्रेष्ठले बताए । तीन हजार दुई सय सेयरसदस्य र २ सय ६० जना गैर सदस्य रहेका छन् । सहरकारीले भरतपुर ८ पिपल चोकमा दुध संकलन बितराण केन्द्र तथा दुग्ध जन्य पदार्थ प्याकेजिङ्ग उद्योग सञ्चालनमा ल्याएको छ । यो शाखा सञ्चालन पछि उपभोक्ताहरुमा सहजता हुने सहकारीको बिश्वास रहेको छ ।




















Discussion about this post