भरतपुर : भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल अवार्ड थाप्न बेलायत जाने भएकी छन् । आज बसेको संघीय मन्त्रिपरिषद् बैठकले मेयर दाहालको भ्रमण प्रस्ताव स्वीकृत गरेको छ ।
त्यस्तै दाहालले मार्च ९ मा लेष्टर सिटी काउन्सिल र मार्च १० मा लन्डनको रोयल ग्रीनवीच बरोको अवलोकन भ्रमण गर्नेछिन् । मार्च ११ मा नेपाली तथा बेलायती व्यवसायी एवम् लगानीकर्तासँग अन्तरक्रिया हुनेछ ।
एक साता लामो बेलायत भ्रमणका क्रममा मेयर दाहालले त्यहाँका केही स्थानीय निकायहरूको अवलोकन भ्रमण गर्नेछिन् । साथै राजनीतिक व्यक्तिहरूसँग भेटघाट र नेपाली समुदायसँग अन्तरक्रिया कार्यक्रम पनि राखिएको छ ।




















Discussion about this post