नेपालीले अब भारतीय सीमकार्ड पनि पाउने

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
Ashwini-Vaishnaw-and-Shakar-Prasad-Sharma
फाइल तस्विर

काठमाडौं । नेपालीहरुले र भारतमा पनि भारतीय सिमकार्ड पाउने भएका छन् । भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले यस्तो जानकारी दिएका हुन् ।

भारतीय सञ्चार मन्त्रालयले जारी गरेको सूचनाअनुसार अब नेपाली नागरिकहरुले आफ्नो राहदानी, नागरिकताको प्रमाणपत्र, मतदाता परिचय पत्र वा दूतावासले जारी गरेको परिचय पत्रको आधारमा भारतको सीमकार्ड लिन सक्ने छन् ।

यसअघि नेपाली नागरिकहरुले भारतीय सिमकार्ड पाउँदैनथे । भारत पुगेका नेपालीहरुले भारतीय नागरिक वा आधार कार्ड भएका नेपालीहरुको नाममा लिएको सिमकार्ड प्रयोग गर्नुपर्ने बाध्यता थियो । यसरी सिमकार्ड सहज रुपमा उपलब्ध हुँदैनथ्यो भने प्रयोगमा पनि जाेखिम थियो ।

भारतमा चिनजान केही नहुने भ्रमणकर्ता वा काममा जाने नेपालीहरुले त्यहाँ सिमकार्ड लिन नपाउँदा ठूलो सास्ती बेहोर्नुपरेको छ ।

यो समस्या समाधानका लागि भारतका लागि नेपाली राजदूत डा. शर्माले पहल गरेका थिए । ‘यसअघि प्राविधिक कारणले नेपालीलाई भारतीय सीमकार्ड दिन अस्वीकार गरिएको थियो । हाम्रो अनुरोधपछि भारतको विदेश मन्त्रालय र सञ्चार मन्त्रालयले स्वीकार गरेको छ,’ डा. शर्माले एक्समा लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित