कृर्तिम हातखुट्टा राख्ने शिविर भरतपुर आजदेखी सुरु

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
received_308414292221126
फाइल तस्विर

चितवन । रोटरी क्लबहरुले हात खुट्टा नभएकाहरुलाई कृत्रिम हातखुट्टा उपलब्ध गराउने गरी आजदेखी शिविरको शुभारम्भ गदैछन् ।
चितवन, गैंडाकोट र वीरगञ्जका रोटरी क्लबहरुले चितवनमा १५ दिनसम्म शिविर सञ्चालन गरेर हातखुट्टा उपलब्ध गराउन लागेका हुन् । रोटरी क्लब अफ नारायणी मिड टाउन, रोटरी क्लब अफ नारायणगढ, रोटरी क्लब अफ भरतपुर, रोटरी क्लब अफ गैंडाकोट, रोटरी क्लब अफ पूर्वी चितवन र रोटरी क्लब अफ वीरगञ्जको आयोजनामा शिविर हुन लागेको हो ।

कार्यक्रम संयोजक एवं रोटरी क्लब अफ नारायणी मिड टाउनका अध्यक्ष अर्पणा प्रधान भण्डारीका अनुसार शिविरमा देशैभरबाट हात खुट्टा गुमाएकाहरु आउन सक्नु हुनेछ । हालसम्म ८० जना सम्पर्कमा आईसकेको र बाँकी सम्पर्कमा आउने क्रममा रहेको प्रधान भण्डारीले बताउनुभयो ।

भरतपुरमा रहेको चेतना भिलेजमा हुने शिविरमा आउनेहरुलाई आवासीय सुविधा समेत उपलब्ध गराईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित