नवलपरासीमा खम्बाकाे बत्ती निभाउने क्रममा करेन्ट लागेर एक जनाकाे ज्यान गयाे

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
sarlahi
फाइल तस्विर

नवलपरासी – नवलपरासी पश्चिममा करेन्ट लागेर एक जनाको ज्यान गएकाे छ । विद्युतकाे खम्बामा बल्दै गरेको बत्ती निभाउने क्रममा करेन्ट लागेर आज बिहान रामग्राम नगरपालिका–७ बस्ने जयप्रकाश यादवकाे ज्यान गएकाे हाे ।

उहाँलाई उजैनीमा रहेको खम्बाको बत्ती निभाउने क्रममा करेन्ट लागेकाे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराले बताउनुभयो ।

करेन्ट लागेका यादवलाई उपचारका लागि पृथ्वीचन्द्र अस्पतालमा ल्याइएको थियो । उहाँकाे उपचारका क्रममा ज्यानगएकाे हाे । यादवलाई करेन्ट लागेको ठाउँमा वाइफाइ तथा अन्य तार भूइँसम्म लत्रिएको अवस्थामा भेटिएकाे स्थानीयले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित