भैंसी समात्न प्रहरी परिचालन

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
buffalow
फाइल तस्विर

६ भदौ, काठमाडौं । बुद्धनगरस्थित ज्ञान निकेतन स्कुल भित्र प्रवेश गरेको भैंसी नियन्त्रणमा लिन प्रहरीले वन कार्यालयको टोलीलाई निम्ताएको छ ।

डिभिजन वन कार्यालयका वन अपराध नियन्त्रण  इकाइ अधिकृत अशोक पराजुलीका अनुसार प्राविधिक टोलीले डार्ट गरेर भैंसीलाई नियन्त्रणमा लिने तयारी भइरहेको छ । भैंसी विद्यालयभित्र छिरे पछि विद्यालयले आज भुईंतलामा विद्यार्थीहरुलाई राखेको छैन । भुईंतलामा रहेका कक्षामा पढ्ने सबै विद्यार्थीहरुलाई माथिल्लो तलामा सारिएको छ ।

बुद्धनगर र शंखमूल क्षेत्रमा आज बिहान अनियन्त्रित अवस्थामा हिँडेको भैंसीले आक्रमण गर्न सक्ने डरले स्थानीय आतंकित थिए । आतंकित जस्तो देखिने उक्त भैंसी गल्लीगल्ली चहार्दै ज्ञान निकेतन स्कुलभित्र प्रवेश गरेको थियो । भैंसी विद्यालय परिसरभित्र रहेको गाडी राख्ने ग्यारेजमा शान्तपूर्वक बसिरहेको छ । यद्यपि फेरि आतंक फैलाउने डरले टेबुल/कुर्सिले घेरा बनाएर सशस्त्र र नेपाल प्रहरीको टोलीले निगरानी गरिरहेका छन् । ‘ग्यारेज स्कुलको अलि कुनातिर छ, भैंसी त्यहीँ बसिरहेको छ,’ नयाँबानेश्वरका डिएसपी निशान्त श्रीवास्तवले भने, ‘वनको प्राविधिक टोली भैंसी नियन्त्रणमा लिन स्कुलमा आइपुगेको छ ।’ भैंसी नियन्त्रणमा लिन नसकेपछि महानगरपालिका र प्रहरी टोलीले वन कार्यालयमा खबर गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित