काठमाडौं : मंगलबार बिहानैदेखि सम्पर्कविहीन भएको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको सुर्के नजिकै फेला परेको छ। लिखुपिके गाउँपालिकामा हेलिकप्टर भेटिएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक कर्मचारीले सो हेलिकोप्टर दुर्घटना भएको स्थान पत्ता लागेको बताए। हेलिकप्टरमा सवार चालक र यात्रुको अवस्थाबारे विवरण आउन बाँकी नै रहेको उनले बताए।
कम्पनीका सुरक्षा प्रवन्धक राजु न्यौपानेका अनुसार हेलिकप्टर खोजीका लागि नेपाल प्रहरीको टोली देउराली भन्ज्याङमा परिचालन भइसकेको छ।
हेलिकप्टर क्याप्टेन चेत गुरुङको कमाण्डमा रहेको थियो। पाँच जना मेक्सिकन नागरिक लिएर हेलिकप्टर सोमबार माउन्टेन फ्लाइटका लागि लुक्ला पुगेको थियो। यो हेलिकप्टर काठमाडौं उडान अघि सुर्के आएर बसेको थियो।
९एन-एएमभी कलसाइनको हेलिकप्टर मङ्गलबार बिहान १० बजे यात्रुसहित सोलुखुम्बुको सुेर्केबाट काठमाडौं उडान गरेको थियो। उडान गरेको १५ मिनेटमै सम्पर्क विहीन भएपछि काठमाडौंबाट खोजीका लागि अल्टिच्युड एयरको हेलिकप्टर परिचालन गरिएको थियो।




















Discussion about this post