खातामा पैसा नभई आईपीओ भरेमा कारबाही हुने

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
ipo
फाइल तस्विर

काठमाण्डाै – बैंक खातामा पैसा नभएको वा अपुग रकम भएको बैंक खाताबाट सार्वजनिक निष्कासन अर्थात् आईपीओ भरेमा कारबाही हुने भएको छ ।

घोराही सिमेन्टको आईपीओमा बैंक खातामा पैसा नहुँदा नहुँदै पनि लाखौँ कित्ता भरेर बदमासी गरेको खबर फैलिएपछि सीडीएस एन्ड क्लियरिङ लिमिटेडले एक सूचना सार्वजनिक गर्दै आवश्यक मौज्दात नभएको खाताबाट शेयर भरेमा कारबाही हुने जनाएको हो ।

अहिलेसम्म रकम नभएको वा अपुग रकम भएको बैंक खाताबाट आईपीओ भर्दा रद्दमात्रै हुने गरेको थियो । अब भने धितोपत्रसम्बन्धी ऐन २०६३ अनुसार झुटा एवम् जालसाजीयुक्त कारोबारअन्तर्गत कारबाही हुने सीडीएस एन्ड क्लियरिङ लिमिटेडले जनाएको छ ।

पर्याप्त रकम नभएको बैंक खाताबाट आईपीओ भर्दा संस्थाले जारी गरेको धितोपत्रको सार्वजनिक निष्कासनमा प्राप्त आवेदनको सङ्ख्या तथा परिमाणलाई प्रभावित पार्ने कार्य हुने सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित