यूएईमा इन्टरनेटमा कसैलाई गाली गरेमा जेल सजायदेखि पाँच लाख दिर्हामसम्म जरिबाना

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
internet
फाइल तस्विर

सामाजिक सञ्जाल होस् वा अन्य कुनै इन्टरनेटका माध्यम, कसैलाई बेइज्जती तथा आघात पार्ने खालका शब्द ‘टाइप’ गर्नु केही क्षणको कुरा हो । तर त्यसले अरुलाई ठूलो असर पार्न सक्छ । यदि तपाईं यूएईमा हुनुहुन्छ भने त झन् यस्ताे कार्यले जेल सजायदेखि लाखाैँ रुपैयाँ जरिबाना पनि तिर्नुपर्ने हुनसक्छ ।

भौतिक दुनियाँमाजस्तै इन्टरनेटको दुनियाँमा पनि शान्ति सुव्यवस्था कायम राख्न यूएईले कडा कानुन बनाएको छ । ‘स्टुपिड’ र ‘इडियट’ जस्ता शब्द प्रयोग गरेर कसैलाई म्यासेज र कमेन्ट गरेकै कारण पनि जेल सजाय साथै लाखौँ दिर्हाम जरिबाना तिनुपर्ने हुनसक्छ ।

यूएईले भर्खरै जारी गरेको सार्वजनिक अभियोजन सम्बन्धी नियमले कसैलाई गाली गर्नु, अपमान गर्नु वा मानहानी हुने कार्य गर्नुलाई गम्भीर ठूलो जरिबानाको भागिदार हुनेपर्ने भन्दै त्यस्तो नगर्न सचेत गराएको खलिज टाइमले लेखेको छ ।

यूएईमा इन्टरनेटका कुनै पनि माध्यम प्रयोग गरी कसैलाई गाली गर्नु, कसैको अपमान गर्नु, कसैको मानहानी हुने कार्य गर्नु ठूलो अपराध मानिन्छ । कसैले यस्ता क्रियाकलाप गरेमा त्यस्तो व्यक्तिलाई दुई लाख पचास हजारदेखि पाँच लाख दिर्हामसम्म जरिबाना हुने व्यवस्था गरिएको समाचारमा उल्लेख छ ।

पीडित व्यक्ति यदि सार्वजनिक क्षेत्र वा सेवामा कार्यरत भएमा जरिबाना झन् धेरै हुने कानुनमा उल्लेख छ । २०२१ को फेडेरल डिक्री ल नम्बर ३४ को धारा ४३ मा यस्तो व्यवस्था छ ।

यूएईले यस्ता गतिविधिमा शून्य सहनशीलता अँगिकार गरेको छ । सन् २०१८ मा एकजना व्यक्तिले अर्काको श्रीमतीलाई ह्वाट्सअपमा ‘इडियट’ भनेर म्यासेज गर्दा दुई महिनाको जेल सजायसहित २० हजार दिर्हाम जरिबाना तिर्नुपरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित