काठमाडौं । माल्दिभ्समा हुने फाइभ नेसन्स पुरुष बास्केटबल प्रतियोगितामा प्रतिस्पर्धा गर्न नेपाली राष्ट्रिय पुरुष बास्केटबल टोली सोमबार माल्दिभ्स प्रस्थान गरेको छ ।
जुन १४ देखि २२ सम्म आयोजना हुने प्रतियोगिता दक्षिण एसियामा भारत र श्रीलंका बाहेक पाँच राष्ट्रको सहभागिता रहनेछ ।
राउण्ड रोविनका आधारमा हुने प्रतियोगितामा नेपाल र आयोजक माल्दिभ्ससहित भुटान, पाकिस्तान र बंगलादेशले खेल्नेछन् । प्रतियोगिताको खेलतालिका भने सार्वजनिक भएको छैन ।
प्रतियोगिताका लागि सदिश प्रधानको कप्तानीमा १२ सदस्यीय टोली र अफिसियल गरी १७ जना माल्दिभ्स गएका हुन् ।
निकेश मगर र श्रेयास बहादुर शाह पहिलो पटक फुल कोर्टका लागि राष्ट्रिय टिममा परेका हुन् ।
यस्तै प्रशिक्षकमा विपिन कपाली र नृपेश श्रेष्ठ तथा व्यवस्थापक सुशील गुरुङ छन् ।
फिबा रेफ्री राजकुमार महर्जनले प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गर्ने छन् ।
नेपालको पुरुष बास्केटबल टिमले सन् २०१९ डिसेम्बरमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) पछि पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको हो ।




















Discussion about this post