हर्दीकेलादी स्थित कालीगण्डकीमा डुवेका गैँडाकोट २ का चालिसे मृत भेटिए

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
Concept of road accident scene, High angle view of chalk outlined dead body covered under white cloth laying on road
फाइल तस्विर

गैँडाकोट। गैँडाकोट नगरपालिका वडा नं. ३ हर्दीकेलादी स्थित काली गण्डकी नदीमा डुवेर बेपत्ता भएका गैँडाकोट २ का २५ वर्षका रमेश चालिसे मृत अवस्थामा भेटिएका छन् ।

गएको शनिवार अ,परान्ह साथीहरुसँगै पौडी खेल्न गएका चालिसे नदीमा डुवेर बेपत्ता भएका थिए । उनको शव घटनास्थलभन्दा ३ किलोमिटर तल गैँडाकोट नगरपालिका वडा नं.१ बृटिसक्याम्प नजिकै नदीमा फेला परेको प्रहरीले जनाएको छ ।

उनिसँगै बेपत्ता भएका चितवन रत्ननगरका २४ वर्षका सुरज सुवेदीको शव आइतबार फेला परेको थियो । गर्मी छल्न भन्दै नदी तथा ताल तलाउमा पौडी खेल्न जानेक्रम बढेसँगै अप्रीय घटनाहरु बढ्न थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित