महिला एसियन कप छनौटमा नेपालले आज म्यानमारसँग खेल्दै

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
Screenshot_20230606-133510_Chrome
फाइल तस्विर

काठमाण्डाै – एएफसी २० वर्षमुनिकाे महिला एसियन कप छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले आज मङ्गलवार घरेलु टोली म्यानमारसँग खेल्दैछ । नेपाल र म्यानमारबीचको खेल नेपाली समयअनुसार बेलुका पौने ६ बजे सुरु हुनेछ ।

छनोटको समूह ‘बी’ मा नेपाल, म्यानमार, चीन र चाइनिज ताइपेई रहेका छन् । नेपालले पर्सि बिहीवार चीन र शनिवार चाइनिज ताइपेईसँग खेल्नेछ । नेपालले प्यालेस्टाइनमा भएको पहिलो चरणमा घरेलु टोली प्यालेस्टाइन र उत्तरी मरियाना आइल्यान्डलाई समान ६–० गोलले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको थियो ।

नेपाली टोलीका प्रशिक्षक यमप्रसाद गुरुङले पहिलो चरणको सफलताले मनोबल बढाएको र अबका हरेक खेल जित्नकै लागि खेल्ने बताउनुभएको छ । उत्कृष्ट चार टोलीले उज्बेकिस्तानमा हुने २० वर्षमुनिकाे महिला एसियन कप खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित