नवलपरासीको प्रतापपुरमा दम्पतीको विभत्स हत्या

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
mirtu
फाइल तस्विर

नवलपरासीको प्रतापपुर गाउँपालिकामा एक दम्पतीको विभत्स हत्या भएको छ।

प्रतापपुर वडा नं. ८ पथलहनी बस्ने ५५ वर्षीय तीलकराम भेडिहार र उनकी ५० वर्षीया श्रीमती निर्मला भेडिहारको विभत्स हत्या भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए।

सोमबार राति टाउकोमा धारिलो हतियार प्रयोग गरी दम्पतीको हत्या भएको सिलवालले बताए।

प्रतापपुरकै बैरिहवामा रहेको घरमा छोरीछोरीहरू बस्दै आए पनि उनीहरू भने गाईवस्तुको रेखदेख गर्न भन्दै गोठमा सुत्न गएका थिए।

सोही गोठमा उनीहरूको हत्या भएको प्रहरीले जनाएको छ।

हत्या भएपछि उनीहरूको शव आँगनमा फालिएको थियो।

खेतीपाती गर्दै आएका दम्पतीको कसले हत्या गर्‍यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित