क्याम्पस प्रमुखको कुर्सी रुखमा

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
kursi-rukha-ma
फाइल तस्विर

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले भक्तपुर बहुमखी क्याम्पसमा कनिष्ठलाई प्रमुख नियुक्ति गरेको भन्दै नेपाल विद्यार्थी संघले क्याम्पस प्रमुखको कुर्सी रुखमा झुण्ड्याइदिएका छन् ।

कनिष्ठ प्राध्यापकलाई क्याम्पस प्रमुख नियुक्ति गरेको भन्दै विरोधमा उत्रिएका नेपाल विद्यार्थी संघका कार्यकर्ताले क्याम्पस प्रमुखको कुर्सी नै रुखमा झुण्ड्याइदिएका हुन् ।

त्रिभुवन विश्वविद्यालयले यही जेठ २१ गते कविता लुइँटेललाई क्याम्पस प्रमुख नियुक्त गरेको थियो । त्यसको विरोधमा उत्रिएको नेविसंघले क्याम्पस प्रमुख, लेखा शाखा र प्रसाशनमा तालावन्दी गरेको छ ।

त्यसबाट पनि चित्त नबुझेपछि क्याम्पस प्रमुखको कुर्सी कार्यालयबाट झिकेर रुखमा झुण्ड्याइको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित