हेटौंडा : बागमती प्रदेशले गणतन्त्र दिवसका अवसरमा अन्नपूर्ण पोष्ट दैनिकका चितवन संवाददाता अनिल ढकाल सहित ६ जना पत्रकारलाई विभिन्न विधामा पुरस्कार प्रदान गरेको छ।
ढकाललाई विकास पत्रकारिता पुरस्कार प्रदान गरिएको हो। बागमती पत्रकारिता पुरस्कार दोलखाका प्रभु जिरेल, अग्रज सम्मान पत्रकारिता पुरस्कार सिन्धुपाल्चोकका सुरेश कसजु, ग्रामीण पत्रकारिता पुरस्कार मकवानपुरका शिव कुमार रिजाल, प्रदेश गौवर पत्रकारिता पुरस्कार नुवाकोटका शक्तिमाया तामाङ र प्रदेश युवा पत्रकारिता पुरस्कारबाट सिन्धुलीका बिक्रम रत्न पुरस्कृत भए। उनीहरूलाई जनही २० हजार नगदसहित सम्मान गरिएको छ।
पुरस्कृतहरूलाई प्रदेश प्रमुख यादवचन्द्र शर्मा र मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पुरस्कार वितरण गरेका थिए।




















Discussion about this post