काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको चितवनस्थित घरको छतबाट खसेर घाइते भएका गाडी चालक दिलबहादुर थापाको उपचारको क्रममा मंगलबार निधन भएको छ । ललितपुरस्थित मेडिसिटी अस्पताल स्रोतका अनुसार उनको मंगलबार दिउँसो साढे एक बजेको करिब निधन भएको हो ।
उपनिर्वाचनको ६ दिनअघि भएको घटनालाई राजनीतिक रुप नदिन पनि सभापति लामिछानेले सार्वजनिक रूपमा अपिल गरेका थिए ।
दिमागले कुनै पनि काम नगरी रहेको अवस्थामा रहेका थापाको स्वास्थ्यमा केही दिनअघि सुधारका संकेत देखिए पनि शुक्रबारदेखि उनको अवस्था पुन: गम्भीर बनेको थियो । ‘ब्रेन डेथ’को अवस्थामा रहेका थापाको मंगलबार दिउँसो निधन भएको हो ।
दुर्घटनामा परी निधन भएका कारण ड्राइभर थापाको शवलाई पोस्टमार्टमका लागि पाटन अस्पताल लगिने भएको छ । पाटन अस्पतालमा पोस्टमार्टम भएपछि मात्रै उनको शव अन्तिम संस्कारका लागि परिवारलाई बुझाइनेछ ।




















Discussion about this post