काठमाडौं, १ चैत्र । नेपाली कांग्रेसले आगामी बैशाख १० गते हुने चितवन–२ को उपनिर्वाचनको सन्दर्भमा तयारी थालेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा चितवन–२ मा हुने उपनिर्वाचनको विषयमा छलफल भएको नेताहरुले जनाएका छन् ।
सो क्षेत्रमा मंसिर ४ गते राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चुनाव जितेका थिए । उनी नागरिकतासम्बन्धी विवादमा तानिएका थिए । सर्वोच्च अदालतको फैसलापछि उनको सांसद पद खारेजी भएको हो । सोसँगै चितवन–२ मा उपनिर्वाचन हुने भएको छ । रास्वपाले भने पूनः सो क्षेत्रबाट सभापति लामिछानेलाई नै चुनावी मैदानमा उतार्ने भएको छ ।




















Discussion about this post