भरतपुरमा पाँँचौं नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनी समापन

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
330204129_1376415239813403_109824786450828228_n-1536x1023
फाइल तस्विर

चितवन । भरतपुरमा जारी नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनी अवलोकन गर्ने दर्शकहरुको उत्साहजनक भीडसहित सकिएको छ ।माघ २७ गतेदेखि चितवन प्रदर्शनी केन्द्र भरतपुरमा सुरु भएको कृषिसँगसम्बन्धी बृहत् पाँँचौं नेपाल एग्रिटेक अन्तरराष्ट्रिय प्रदर्शनी अवधिभर चितवन, नवलपुर, धादिङ, मकवानपुरलगायतका अवलोकनकर्ताहरुको भीड लागेको थियो ।

कृषि र त्यससँग सम्बन्धित अवलोकनकर्ताहरुको उपस्थितिले प्रदर्शनीको लक्ष्य अनुरुप कार्य पूरा भएको आयोजक संस्था मिडिया स्पेश सोलुसनका प्रबन्ध निर्देशक श्रीजल भट्टराईले जानकारी गराए । प्रदर्शनी अवधिभर कृषिसँग सम्बन्धित विभिन्न विज्ञहरुसँग गोष्ठी, सेमिनार र अन्तरक्रियासमेत गरिएको थियो । तीनदिन सम्म सञ्चालन हुने प्रदर्शनीको आज आइतबार समापन गरिएको छ ।

प्रर्दशनीबाट नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने नविनतम प्रविधि तथा सेवाहरुको पहिचान गर्न मद्दत मिल्ने र तीनको प्रयोगद्वारा कृषि उत्पादन बृद्धि भई मुलुकलाई कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पुग्ने विश्वास, कृषकलाई कृषि पेशाप्रति प्रोत्साहित गर्ने लक्ष्य समेत लिइएको थियो ।

मिडिया स्पेस सोलुसन्स प्रा।लि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रालिको संयुक्त आयोजनामा भएको प्रर्दशनीमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, पशु सेवा विभाग, राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, राष्ट्रिय कृषक समुह महासंघ, नेपाल कृषि सहकारी केन्द्रिय संघ लि।, नेपाल पोल्ट्री महासंघ, नेपाल कृषि मेसिनरी व्यवसायी संघ, नेपाल चेम्बर अफ कमर्स, चितवन उद्योग संघलगायतका विभिन्न संघ संस्थाहरु सहयोगी संस्थामा रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित