आज बाट पाँँचौं नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनी चितवनमा सुरु

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
WhatsApp Image 2023-02-10 at 10.13.55
फाइल तस्विर

चितवन। चितवन उद्योग संघको चितवन प्रदर्शनी केन्द्रमा शुरु हुन गईरहेको पाँँचौं नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनीको आज शुक्रबार माघ २७ गते बिहान ११ बजे नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री माननीय ज्वाला कुमारी शाहबाट समुद्घाटन हुँदैछ ।


मिडिया स्पेस सोलुसन्स प्रा.लि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रालिले विगतका वर्षहरुझैं यस वर्ष पनि कृषि सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रर्दशनी पाँचौें नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रर्दशनीको तयारी पूरा भएको आयोजकले बताएको छ ।

प्रर्दशनीबाट नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने नविनतम प्रविधि तथा सेवाहरुको पहिचान गर्न मद्दत मिल्ने र तीनको प्रयोगद्वारा कृषि उत्पादन बृद्धि भई मुलुकलाई कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पुग्ने विश्वास गरिएको छ ।

प्रर्दशनीमा कृषि तथा पशुपन्छी विकाश मन्त्रालय, कृषि विभाग, पशु सेवा विभाग, राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, राष्ट्रिय कृषक समुह महासंघ, नेपाल कृषि सहकारी केन्द्रिय संघ लि., नेपाल पोल्ट्री महासंघ, नेपाल कृषि मेसिनरी व्यवसायी संघ, नेपाल चेम्बर अफ कमर्स, चितवन उद्योग संघ लगायतका विभिन्न संघ संस्थाहरु सहयोगी संस्थामा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित