नागरिकता विवाद झिकेर मलाई चक्रब्यूहमा फसाउन खोजे : रवि लामिछाने

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
1655906634-NtZF2
फाइल तस्विर

चितवन – चितवन निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार नेपाल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो नागरिकता विवाद झिकेर चक्रब्यूहमा फसाउन खोजेको बताएका छन् ।चितवनको नारायणी किनारमा बिहीबार आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै उनले केही पनि नगर्नेले केही गर्छु भन्नेसँग सधैं जवाफ खोज्ने गरेको बताउँदै आफूलाई केवल जनताको मतले मात्रै जोगाउन सक्ने बताए ।

लामिछानेले चितवनले व्यक्तिलाई मात्रै नभएर देशलाई नै न्याय गर्नेमा आफूलाई विश्वास रहेको बताए । ‘म सधैं चक्रब्यूहमा रहने गरेको छु । सञ्चारकर्ममा रहँदा पनि मलाई सधैं घेराबन्दीमा पारिन्थ्यो । मैले जसोतसो तपाईंको मायाले सद्‍भावले ती घेराहरु तोड्न सफल भएको थिएँ,’ उनले भने, ‘म अहिले पनि यस्तो चक्रब्यूहमा छु, त्यो चक्रब्यूहबाट तपाईंहरुले घण्टी चिह्नमा मतदान गरेरमात्रै सम्भव हुनेछ ।’लामिछानेले नागरिकता विवादतर्फ इंगित गर्दै आफूलाई कुनै दिन जीवित रहेको प्रमाण पनि पेस गर्न लगाउन सक्ने बताए । ‘मलाई जिउँदो छस् भनेर प्रमाणित गर् भनिने छ र म त्यसको प्रमाण जुटाउन कुनै वडामा सिफारिस प्राप्त गर्नका लागि दस्तुर बुझाएको हुनेछु,’ उनले भने, ‘अब मसँग आफ्ना लागि भन्नुपर्ने केही पनि बाँकी छैन । म विवादसँग डराउने मानिस होइन । मलाई त देशै निकाल्न खोजेका मान्छेहरु पनि थिए । तर आज तिनीहरु कहाँ छन् मलाई थाह छैन । म हरेक नागरिकको घरमा सुखदु:खमा साथै छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित