चितवनलाई सम्बृद्ध बनाउने सुदर्शन प्रधानको योजना

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
313332173_678283503588428_2003353974990739274_n
फाइल तस्विर

चितवन – भूमिगतकालमा लडाकु दलको कमाण्डर एवं कम्यूनिष्ट नेता र अहिलेका पर्यावरणविद सुदर्शन प्रधानले पर्यावरण, भूमि, बैंकिङ, रक्षा, गृह, विद्युत्, फोहर व्यवस्थापन, पर्यटन, स्वास्थ्य शिक्षा, यातायात नीतिलगायतका २० बुँदे योजनाहरु सार्वजनिक गर्दै नेपाललाई केही समयमै आत्मनिर्भर बनाउन सकिने बताउनुभएको छ । आगामी मंसिर ४ गते हुन गैरहेको निर्वाचनमा प्रतिनिधि सभा सदस्यकालागि चितवन क्षेत्र नं २ बाट स्वतन्त्र उम्मेदवार रहनुभएका प्रधानले यहाँको पर्यटनको विकास, जडिबुटीको प्रवद्र्धन, प्रकृतिक संरक्षण, प्रकृतिक कृषि प्रणाली, सामुदायिक रुपमा फोहर व्यवस्थापन र भौतिक निर्माणका लागि आँफुसँग ब्यवहारिक योजना भएको र त्यसलाई नेपालमा प्रयोग गर्न सके नेपाल स्वीटजरल्यैण्ड भन्दा पनि सम्बृद्ध हुने बताउनुभयो ।
स्वतन्त्र उम्मेदवार सुदर्शन प्रधानले आईतबार नारायणगढमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताउनुभएको हो ।

उहाँले नेपालका पुराना नेताहरुबाट यस्तो योजनहरु ल्याउन नसकेकोले मुलुक अहिले बर्बाद भएका कारण ति योजनाहरु प्रयोग गरेर नेपाललाई सम्पन्न बनाउन आफुलगायत देशभरीबाट आफ्नो टीमबाट कुल १२५ जनाले स्वतन्त्र उम्मेदवारी दिएको बताउनुभयो ।
उहाँहरुले बालबच्चाहरुलाई देश, जनताप्रतिइमान्दार र बफादार राजनीति गर्न, सिक्न, बुझ्न र क्रियाशिल हुन उत्प्रेरणा दिने नीति ल्याइने बताउनुभएको छ ।

प्रधानले सांसद, प्रदेश सांसद र मन्त्रीहरुले तलब, भत्ता र गाडी सुविधाहरु लिन नहुने जिकिर गर्दै ‘हरेक सांसद र मन्त्रीहरु व्यवसायी बन्नुपर्ने बताउनुभयो । उहाँले सांसद र मन्त्रीहरुले राज्यको आर्थिक र भौतिक सुविधा लिन नहुने बताउँदै आफुहरुले सरकार बनाएमा नेपालमा त्यस्तो नीति ल्याईने बताउनुभयो ।

चितवन २ का स्वतन्त्र उम्मेदवार सुदर्शन प्रधानसँगै चितवन २ (१) मा प्रदेशसभा सदस्यका लागि तिलक थापा मगर पनि स्वतन्त्र उम्मेदवार रहनुभएको छ । पत्रकार सम्मेलनमा उम्मेदवार मगरको पनि सहभागिता थियो । उम्मेदवार प्रधान चितवनको भरतपुर-१ निवासी हुनुहुन्छ भने अर्का उम्मेदवार मगर इच्छाकामना-७ भालुमारा निवासी हुनुहुन्छ ।
आसन्न निर्वाचनमा प्रधानको चुनाव चिन्ह मौरी रहेको छ भने मगरको चुनाव चिन्ह जिप रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित